‘आफ्नै सरकारले बनाएको नीति प्रधानमन्त्री आफैंलाई मन परेन कि क्या हो ?’-शाही


काठमाडौँ । राष्ट्रपतिबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बालेन शाह सदनबाट बाहिरिएपछि अहिले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणीहरु भइरहेको छ । यसैबीच राप्रपाका संसदीय दलको नेता ज्ञानबहादुर शाहीले पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको कदममाथि प्रश्न उठाएका छन् ।

शाहीले फेसबुकमा लेखेका छन्, ‘संसद्मा राष्ट्रपतिबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रम नसुनी प्रधानमन्त्री बाहिरिनुभयो । तर संवैधानिक रूपमा राष्ट्रपतिले पढ्नुभएको दस्तावेज सरकारकै हो, अर्थात् प्रधानमन्त्रीकै नेतृत्वमा तयार गरिएको नीति तथा कार्यक्रम । आफ्नै सरकारले बनाएको नीति प्रधानमन्त्री आफैंलाई मन परेन कि क्या हो, त्यसैले अब संशोधनसहित नीति तथा कार्यक्रम पुनः लेख्नुपर्ने अवस्था आएको छ ।