काठमाडौं, वैशाख २८ । राष्ट्रिय परीक्षा बोर्डले अवको केहीबरेमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्दैछ । आजअपराह्न बसेको बोर्ड बैठकले गरेको निर्णय अनुसार अवको आधा घण्टा भित्र नतिजा सार्वजनिक हुन लागेको हो ।
गत चैत २९ गते एसईईको परिक्षा सम्पन्न भएको थियो । विगतमा करिब तीन महिना लाग्दै आएको एसईई नतिजा बालेन शाहको नेतृत्वमा सरकार बनेसँगै पहिलो पटक एक महिनामै नतिजा प्रकाशित गर्न लागिएको हो । यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका छन्।





प्रतिक्रिया