प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दै


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ बजे बस्दैछ ।

आजको बैठकमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ ।

छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् ।