आज काठमाडौँमा पानी पर्ने सम्भावना कति ?

File Photo

काठमाडौँ । मौसम पूर्वानुमान अनुसार आज देशका प्रमुख सहरहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो पोखरा, जिरी र ताप्लेजुङमा पानी पर्ने सम्भावना सबैभन्दा बढी अर्थात् ७० प्रतिशत रहेको छ। यी तीनवटै सहरमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

आज दिउँसोको अन्य सहरको अवस्था हेर्दा काठमाडौं, ओखलढुङ्गा, धनकुटा र जोमसोममा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने ६० प्रतिशत सम्भावना छ। डडेलधुरा, दिपायल, जुम्ला, घोराही, भैरहवा, सिमरा र धरानमा वर्षाको सम्भावना ४० प्रतिशत रहेको छ।

त्यसैगरी वीरेन्द्रनगर, विराटनगर र जनकपुरमा ३० प्रतिशत तथा धनगढी र नेपालगञ्जमा २० प्रतिशत वर्षाको सम्भावना छ।