काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले मेलम्ची र इन्द्रावती बाढी प्रभावित क्षेत्रका बस्तीबारे सरकारले काम कहाँ पुर्यायो ? भन्दै प्रश्न गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै उनले वर्षायाम अघि नै त्यो क्षेत्रको संरक्षण गर्नुपर्ने काम आफूले यसअघि सरकारसमक्ष राखेको बताए ।
तत्काल गर्नुपर्ने काम माग्दै प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा आफूले आफ्नो निर्वाचन क्षेत्र सिन्धुपाल्चोक–२ का समस्या राखेको स्मरण गरे ।
‘केही हप्ताअघि सम्माननीय प्रधानमन्त्रीज्यूले तत्काल गर्न सकिने केही कार्यसहित एउटा बैठक राख्नुभएको थियो । त्यो बैठकमा मैले मेरो निर्वाचन क्षेत्रसँग सम्बन्धित केही विषय राखेको थिएँ,’ दुलालले भने, ‘जसमध्ये अत्यन्त्र जरुरी मेलम्ची, इन्द्रावती बाढी प्रभावित क्षेत्रका विभिन्न बस्तीहरू उच्च जोखिममा छन्, र वर्षायाम अघि नै तीनको संरक्षण गर्नुपर्ने कार्य सरकारसँग राखेको थियो । त्यो काम कहाँ पुग्यो ?’




प्रतिक्रिया