काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशन आयोजक मूल समारोह समिति सभापति रवि लामिछानेको संयोजकत्वमा गठन गरेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले सभापति लामिछानेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको हो ।
रास्वपाले पार्टी स्थापनाको चौथो वर्ष पुगेको अवसरमा आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले विभिन्न उपसमिति गठन गरेको छ । महाधिवेशनलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरिएको हो ।
उपसमितिहरुमा प्रतिनिधि व्यवस्थापन समिति, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा समिति, प्रचारप्रसार व्यवस्थापन समिति, सूचना तथा प्रविधि व्यवस्थापन समिति, आवास तथा भोजन समिति, स्वास्थ्य तथा प्राथमिक उपचार व्यवस्थापन समिति, सांस्कृतिक कार्यक्रम समिति र अतिथि सत्कार समिति रहेका छन् ।




प्रतिक्रिया