युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते


किएभ, ३० वैशाख । युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा भएको रूसी आक्रमणमा परि आठ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बुधबार बताएका छन् ।

अधिकारीहरुका अनुसार रूसी सेनाले यस क्षेत्रमा करिब ३० वटा हवाई आक्रमण गर्दा उनीहरुको ज्यान गएको छ र अन्य घाइते भएका छन् भने धेरै आवासीय भवन तथा पूर्वाधार सुविधाहरूमा क्षति पुगेको छ ।

यस अघि अधिकारीहरुले रूसी सेनाले निप्रोपेट्रोभस्क क्षेत्रमा ५० वटा भन्दा बढी तोप तथा ड्रोन आक्रमण गर्दा पाँच जना घाइते भएको रिपोर्ट गरेको थियो ।

अनेकौ अन्तर्राष्ट्रिय प्रयासहरूका बीच सन् २०२२ फेब्रुअरी देखि सुरु भएको रूस–युक्रेन युद्धले हाल सम्म कुनै समाधानमा पुग्ने संकेत देखाएको छैन भने, निरन्तर सैन्य अपरेसनहरू र दुई पक्षहरू बीच आक्रमणको आदान–प्रदान भईरहेको छ । रासस