एजेन्सी । फिलिपिन्सको राजधानी मनिलास्थित संसद् (सिनेट) भवनमा गोली चलेको छ । बुधबार संसद् भवनमा १२ राउन्डभन्दा बढी चलेको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
फिलिपिन्सका सिनेटर रोनाल्ड डेला रोजालाई गिरफ्तार गर्ने प्रयासका बिच यो घटनाक्रम भएको हो । डेला रोजामाथि अन्तर्राष्ट्रिय अपराध न्यायालय (आईसीसी)द्वारा मानवताका विरुद्ध अपराधको आरोप लागेको छ । उनीमाथि पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेको ड्रगविरोधी अभियानका क्रममा कथित हत्यामा भूमिका निर्वाह गरेको आरोप छ ।
डेला रोजा केही दिनदेखि संसद् परिसरमै रहँदै आएका छन् । सिनेटको नेतृत्वले उनलाई प्रोटेक्टिभ कस्टडी प्रदान गरेको छ ।
डेला रोजालाई पक्राउ गर्न प्रहरी टोली पुगेपछि गोली चलेको हो । गोली कसले चलाएको हो भन्ने प्रस्ट भइसकेको छैन ।




प्रतिक्रिया