काठमाडौं । नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमध्ये क्लासिक टेक प्रति ग्राहकहरूको आकर्षण निरन्तर बढ्दै गएको देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८२ साल फागुन र चैत महिनाको तथ्यांकअनुसार क्लासिक टेकले दुई महिनामै ३ हजार ५२३ नयाँ ग्राहक थप्न सफल भएको छ ।
फागुन महिनामा कम्पनीका कुल ग्राहक संख्या २ लाख ७९ हजार ८४८ रहेकोमा चैत महिनामा बढेर २ लाख ८३ हजार ३७१ पुगेको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकअनुसार नयाँ ग्राहक थप्ने क्रममा सबैभन्दा अगाडि वर्ल्डलिंक रहेको छ भने क्लासिक टेक दोस्रो स्थानमा देखिएको छ । सो अवधिमा भायानेट, नेपाल टेलिकम, सुबिसु तथा सीजी नेटले पनि ग्राहक वृद्धि गरेका छन् । यता डिशहोमको ग्राहक संख्या भने घटेको देखिन्छ ।
कम्पनीका अनुसार ग्राहकको बढ्दो आकर्षणको मुख्य कारण गुणस्तरीय इन्टरनेट सेवा, आधुनिक प्रविधियुक्त वाइफाइ सिक्स राउटर तथा साना देखि ठूला सबै प्रकारका प्याकेज उपलब्ध गराइनु हो ।
कम्पनीले ५० एमबीपीएसदेखि ३०० एमबीपीएससम्मका विभिन्न प्याकेजमा ३ महिना तथा वार्षिक योजनामा वाइफाइ सिक्स राउटरसमेत उपलब्ध गराउँदै आएको जनाएको छ ।
क्लासिक टेकले ग्राहक सेवा र प्राविधिक सहयोगलाई पनि प्राथमिकतामा राख्दै आएको जनाएको छ । विशेषगरी वर्षायाममा हुने मौसम परिवर्तन, फाइबर लाइन क्षति तथा अन्य प्राविधिक समस्याका बाबजुद सेवा विस्तार र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखिएको कम्पनीको दाबी छ ।
घरायसी (Home) सेवासम्बन्धी सहयोगका लागि ग्राहकहरूले ९८०२९२२३०४ मा सम्पर्क गर्न सक्नेछन् भने अफिसियल तथा कर्पोरेट सपोर्टका लागि ९८०२६२२३०३ मा सम्पर्क गर्न सकिने छ । साथै, क्लासिक टेक मोबाइल एप मार्फत पनि ग्राहकहरूले आफ्नो समस्या वा सेवा सम्बन्धी टिकट दर्ता गर्न सक्ने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ।




प्रतिक्रिया