प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले जवाफ दिने भनी कार्यसूचीमै उल्लेख


काठमाडौँ । सरकारले संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् ।

प्रतिनिधिसभाको कार्यसूचीमा नै नीति तथा कार्यक्रममा उठेको प्रश्नमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने उल्लेख छ ।

यसअघि प्रतिनिधिसभाको कार्यसूचीमा प्रधानमन्त्रीले नै जवाफ दिने उल्लेख थियो ।

तर विपक्षी दलहरूले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको आरोप लगाएका छन् । विपक्षी दलहरुले प्रधानमन्त्रीले नै संसद्मा जवाफ दिनुपर्ने माग गर्दै आएका छन् ।

प्रधानमन्त्री शाह भने आज पनि संसदमा गएका छैनन् ।