काबुल (अफगानीस्तान), ३१ वैशाख । एकै दिनमा पाँच हजार २०० जना भन्दा बढी अफगान शरणार्थी स्वदेश फर्केको जनाइएको छ ।
स्वदेश फर्केकाहरु मध्ये एक हजार १७८ जनालाई उनीहरूको गृह प्रान्तमा सारिएको जनाइएको छ ।
उनीहरु स्वदेश पर्कने क्रममा सिमा नाकामै आवश्यक सहायता प्राप्त गरि सकेको उल्लेख गर्दै बाँकीलाई पनि उनीहरूको आफ्नै प्रान्तमा लगिने बख्तार समाचार एजेन्सिले जनाएको छ ।
एजेन्सिका अुनुसार गत हप्ता करिब चार हजार जना अफगानी शरणार्थी आफ्नो देश फर्केका छन् ।
गत वर्षको सुरु देखि हाल सम्म २५ लाख भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो देश फर्किएको जनाइएको छ । फर्कनेहरु मध्य अधिकाशं अफगानहरु पाकिस्तान र इरानबाट, आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ भने यी देशहरूले कानुन बमोजिम कागजात नभएका शरणार्थीहरूलाई आफ्नो देश छोड्न आग्रह गरेका छन् । रासस




प्रतिक्रिया