काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/0८४ को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत गरेका छन् ।
अर्थतन्त्रलाई नयाँ गति दिने लक्ष्यसहित अर्थमन्त्री वाग्लेले आगामी बजेट निर्माणका लागि मुख्य ५ वटा सिद्धान्तहरू अघि सारेको बताए ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बजेट २०८३र८४ को खाका प्रस्तुत गर्दै उनले सुशासन र अर्थतन्त्रको पुनर्संरचनालाई बजेटको प्रमुख आधार बनाएको बताए ।
अर्थमन्त्री डा. वाग्लेले प्रस्तुत गरेका विनियोजन विधेयकका ५ सिद्धान्तहरू यसप्रकार छन् ।
१.सुशासनको लाभांश: राज्य सञ्चालनमा सुशासन कायम गरी त्यसको प्रतिफल आम नागरिकसम्म पुर्याउने ।
२.अर्थतन्त्रको पुनर्संरचना: परम्परागत अर्थतन्त्रलाई आधुनिक र उत्पादनमुखी बनाउँदै संरचनागत सुधार गर्ने ।
३.सन्निकटताका लागि एकीकृत पूर्वाधार: नागरिक र राज्य तथा बजारबिचको दूरी कम गर्न पूर्वाधारहरूको एकीकृत विकास गर्ने ।
४.सर्वव्यापी सामाजिक उन्नयन र मध्यमवर्गको विस्तारःसमाजका सबै तप्काको जीवनस्तर उकास्दै अर्थतन्त्रको मेरुदण्ड मानिने मध्यमवर्गको आकार बढाउने ।
५.सौम्य शक्तिको सुदृढीकरणःअन्तर्राष्ट्रिय मञ्चमा नेपालको ’सफ्ट पावर’ (सौम्य शक्ति) लाई बलियो बनाउँदै राष्ट्रिय हित प्रवर्द्धन गर्ने




प्रतिक्रिया