मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गते राति ११ः५९ बजेदेखि अधिवेशन अन्त्य गर्ने सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजनामन्त्री प्रभात तामाङका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको हो ।
प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट निर्माणको तयारीमा रहेकाले हिउँदे अधिवेशन अन्त्य गरेर जेठ महिनादेखि प्रि–बजेट छलफल सुरु गर्ने तयारी गरिएको उनले बताए ।
प्रदेश सरकारको सिफारिसपछि प्रदेश प्रमुखले अधिवेशन अन्त्यको औपचारिक घोषणा गर्ने संवैधानिक व्यवस्था रहेको छ ।




प्रतिक्रिया