पोखरा । मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा ठगी प्रकरणमा २७ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पर्नेको सूचीमा एक जना रास्वपा नेतासमेत छन् ।
पक्राउ पुर्जी जारी भएसँगै रास्वपा स्याङ्जाका नेता बोधराज रेग्मी फरार भएका छन् ।
उक्त सहकारीबाट ऋण लिएर लामो समयसम्म नतिर्ने र पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने व्यक्तिहरूमाथि प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।
बोधराज रेग्मी रास्वपाका स्याङ्जा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीका स्वकीय सचिवसमेत हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया