काठमाडौं, जेठ २ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्स लखनउ सुपर जायन्ट्ससँग ७ विकेटले हारेको छ । हिजो राती भएको खेलमा चेन्नईले दिएको १ सय ८८ रनको लक्ष्य लखनउले १६ ओभर ४ बलमा ३ विकेट गुमाउँदै भेट्टाएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो । अंकतालिकामा चेन्नई १२ खेलमा १२ अंकसहित छैटौँ र समान खेलमा ८ अंकसहित लखनउ पुछारमा छ । आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सबीच खेल हुँदैछ ।




प्रतिक्रिया