गुन्डुमा एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा


काठमाडौं, जेठ २ । आज नेकपा (एमाले) को सचिवालय बैठक बस्दै छ । दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुन्डु निवासमा बस्न लागेको बैठकमा पार्टीभित्रको कार्यविभाजन, गत निर्वाचनको समीक्षा लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा प्रदेश सरकारको समीकरण परिवर्तनबारे नेपाली कांग्रेस र एमालेबीच भइरहेको छलफलबारे समेत आजको बैठकमा थप छलफल हुँदैछ । सत्ता साझेदारी सम्बन्धी दुई दलबीच भएको सहमति कार्यान्वयन गर्ने क्रममा प्रदेश सरकारको नेतृत्व हेरफेरको तयारी भइरहेका बेला सचिवालय बैठकमा त्यसबारे समेत छलफल हुने सम्भावना रहेको जनाइएको छ।