त्रिविको उपकुलपतिले दिए शिक्षाध्यक्षको जिम्मेवारी खनाल र रजिस्ट्रारको चालिसेलाई

बाँया प्रा.डा. शंकर प्रसाद खनाल र दाँया प्रा.डा. महानन्द चालिसे

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा विज्ञान तथा प्रविधि संकायका डिन प्राडा. शंकर प्रसाद खनाल र रजिस्ट्रारमा व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेलाई जिम्मेवारी दिइएको छ ।

उनीहरुलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. सुशील बज्राचार्यले शुक्रबार जिम्मेवारी दिएका हुन् । कुलपति एवं प्रधानमन्त्री बालेन शाहले उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई दिएपछि उनले शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी दिएका हुन ।

अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएका थिए ।