काठमाडौं, जेठ २ । नेकपा (एमाले) को आजका लागि तय भएको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ। आज बस्ने भनिएको उक्त महत्वपूर्ण बैठक आगामी सोमबारका लागि सारिएको छ । स्रोतका अनुसार आइतबार परेको मदन-आश्रित स्मृति दिवसको विशेष तयारी गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरी सोमबारका लागि सारिएको हो।
एमालेले जेठ ३ गते (भोलि) आफ्ना तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना गर्दैछ। सोही राष्ट्रिय दिवसको व्यवस्थापन र तयारीमा नेताहरू व्यस्त हुनुपरेकाले बैठकको समय तालिका परिवर्तन गरिएको पार्टी कार्यालयले जनाएको छ।




प्रतिक्रिया