बडिमालिका दर्शन गर्न गएका राष्ट्रिय सतर्कता केन्द्रका लेखा अधिकृतको मृत्यु


काठमाडौं, जेठ ३ । बडिमालिकाको दर्शन गर्न गएका एक तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार भैरहवा घर भई हाल राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृत ५५ वर्षीय विश्वराज पन्थीको शनिबार निधन भएको हो ।

बडिमालिका दर्शनका लागि जाने क्रममा खारेको जंगलमा एक्कासी बेहोस भएर लडेपछि सँगै रहेको टोलीले जिल्ला अस्पताल बाजुरा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतक पन्थीसहित राष्ट्रिय सतर्कता केन्द्रका लेखा समूह उपसचिव शिवहरि न्यौपाने, शाखा अधिकृत जीवन घिमिरे र लेखापाल उमेश शर्मा बडीमालिका दर्शनका लागि तीर्थयात्रामा गएका प्रहरीले जनाएको छ ।