काठमाडौं, जेठ ३ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्ससँग गुजरात टाइटन्स २९ रनले पराजीत भएको छ ।
आइतबार बेलुका टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २ विकेट गुमाएर २४७ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याएको गुजरातले ४ विकेट गुमाएर २१८ रनमात्र बनाउन सक्यो ।
आईपीएलको अङ्क तालिकामा गुजरात १३ खेलमा १६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ भने कोलकाता १२ खेलमा ११ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।
आईपीएलमा आज दुई खेल हुँदैछ । पहिलो खेल दिउँसो पौने ४ बजे पञ्जाव किङ्गस र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच हुँदैछ भने दोस्रो खेल बेलुका पौने ८ बजे राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच हुँदैछ ।




प्रतिक्रिया