काठमाडौं, जेठ ३ । म्यानचेस्टर सिटीले एएफए कपको उपाधिमा जितेको छ । वेम्बली मैदानमा शनिबार राति भएको रोमाञ्चक फाइनल खेलमा सिटीले चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । सिटीका लागि निर्णायक गोल एन्तोइन सेमेनियोले गरेका थिए । खेलको पहिलो हाफमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि गोल हुन सकेको थिएन ।
दोस्रो हाफमा एर्लिङ हालान्डको लो क्रसमा सेमेनियोले उत्कृष्ट टच गर्दै डिफेन्डर लेभी कोलविललाई पछाडि पारेर बललाई टाढाको कुनामा पठाउँदै निर्णायक गोल गरेका थिए । याे जितसँगै सिटीले लगातार दुई फाइनल हारको बदला लिँदै एएफए कप उपाधि आफ्नो नाममा लेखाएको छ ।
साथै, क्लबले यस सिजन क्याराबाओ कप जितिसकेको कारण घरेलु डबल पनि पूरा गरेको हाे । पोचेटिनोको टोली चेल्सी भने लगातार पाँचौँ वेम्बली फाइनलमा गोल गर्न असफल हुँदै उपाधिबाट टाढा रहन पुगेको छ।




प्रतिक्रिया