काठमाडौं, जेठ ४ । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड र बार्सिलोना विजयी भएका छन् । आइतबार राति भएको खेलमा रियल म्याड्रिडले सेभिल्लामाथि १-० गोलको संघर्घपूर्ण जित निकालेको हो । इस्टाडियो रामोन सान्चेज पिजुआनमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन पहिलो हाफमा भिनिसियस जुनियरले गरेको गोलनै निर्णायक बन्यो ।
जितसँगै रियल म्याड्रिड ३७ खेलबाट ८३ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट ४३ अंक जोडेको सेभिल्ला १३ औँ स्थानमा रहेको छ । यस्तै गएराति भएको अर्को खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३-१ गोलले पराजित गरेको हो । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन राफिन्हाले दुई र जोए कान्सेलोले एक गोल गरे । रियल बेटिसको लागि इस्कोले एक गोल फर्काए ।
यसअघिनै उपाधि जितिसकेको बार्सिलोना ३७ खेलबाट ९४ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ५७ अंक जोडेको रियल बेटिस पाँचौं स्थानमा रहेको छ ।




प्रतिक्रिया