एकदिवसीय क्रिकेटमा सन्दीपको नयाँ विश्व रेकर्ड


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको नाममा आज नयाँ विश्व रेकर्ड बनेको छ ।

लामिछानेको नाममा एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने विश्व रेकर्ड बनेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी स्कटल्यान्डविरुद्धको खेलमा विकेट लिँदै लामिछाने सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका हुन् । लामिछानेले ७३ खेलमा १५० विकेट पूरा गरेका हुन् ।