‘सीमाका विषयमा प्रधानमन्त्री शाह किन मौन ?’ एमाले सांसद शर्मा


काठमाडौं । नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाह मौन बसेको उल्लेख गरेकी छन्।

प्रतिनिधिसभा बैठकमा श्रेष्ठले काठमाडौँ महानगरको प्रमुख हुँदा बालेनले राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ भन्दै प्रश्न गरिन्।

लिपुलेकको व्यापारिक मार्गको विषयमा प्रधानमन्त्री किन चुपचाप बसेको भनेर उनले प्रश्न गरिन् । यस विषयमा भारतसँग कूटनीतिक पहल हुनुपर्नेमा उनको जोड छ ।

उनले सरकारमा रहेका मन्त्रीहरूको सुनको आम्दानीबारे जनतालाई सार्वजनिक गर्नुपर्ने र मुस्ताङको युरेनियम खानी कसैलाई दिएको भनी भइरहेको हल्लाको सदनलाई सत्यतथ्य जवाफ दिनुपर्नेमा जोड दिइन् ।