एमालेले विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने


काठमाडौं । नेकपा (एमाले)ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने भएको छ ।

सोमवार बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता दिने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

यसअघि नवीकरण भइसकेको भण्डारीको सदस्यता वैधानिक नभएको भन्दै एमालेको केन्द्रीय कमिटी र सचिवालय बैठकले नै सदस्यता नदिने निर्णय गरेको थियो ।