कोलकाताले मुम्बईलाई हरायो


काठमाडौं, जेठ ७ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्स कोलकाता नाइट राइडर्ससँग ४ विकेटले पराजीत भएको छ ।

मुम्बईले दिएको १४८ रनको लक्ष्य पछ्याएको कोलकाताले १८ ओभर ५ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले ८ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

कोलकाता १३ खेलमा १३ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ भने मुम्बई १३ खेलमा ८ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्गसले खेल्दैछन् ।