काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह उपस्थित हुने बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सभापति लामिछानेलाई सञ्चारकर्मीले प्रधानमन्त्रीलाई संसद बैठकमा किन ल्याउन सक्नुभएन ? भनेर सोधिएको जिज्ञासामा उनले प्रधानमन्त्री संसदमा नआउने भन्ने कुरै नभएको बताए ।
‘उहाँ संसदमा नआउने भन्ने कुरै छैन, आइहाल्नुहुन्छ । आएपछि तपाईँहरूले सबै कुरा थाहा पाइहाल्नुहुन्छ । पार्टीको महाधिवेशन गर्न ढिला भइसकेको हो नि । हामीले पहिले नै मिति तोकेर सारेका हौँ नि,’उनले भने ।




प्रतिक्रिया