काठमाडौं, जेठ ८ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपालले अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
बिहान ९स्३० बजे हुने भनिएको खेल वर्षाका कारण मैदानमा समस्या भएपछि केही ढिला सुरु भएको छ । जारी त्रिकोणात्मक सिरिजमा यो नेपाल र अमेरिकाबीचको दोस्रो तथा अन्तिम खेल हो ।




प्रतिक्रिया