ओलीलाई सुब्बाले भने- ‘एमाले कसैको प्राली होइन’


काठमाडौँ । आज बसेको नेकपा एमालेको सचिवालय बैठकमा नेताहरूबिच नोकझोक भएको छ।

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुमा झण्डै ६ घण्टा बसेको बैठकमा अध्यक्ष ओलीसँग उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङबिच भनाभन हुँदै नोकझोक नै चलेको हो।

छलफलमा नेताहरूले अध्यक्ष ओलीलाई नेतृत्व छाड्न सुझाव दिएका थिए । तर ओलीले नेतृत्व छाड्ने भन्दा पनि नेताहरूलाई कारबाही गरेर जानुपर्ने आशय व्यक्त गरेपछि नेताहरूबिच नोकझोक सुरु भएको हो ।

नेताहरुबीच नोकझोक चलेपछि उपाध्यक्ष गुरुङले एमाले कसैको प्राइभेट कम्पनि नभएको तर्क गरेका थिए । ‘एमाले कसैको प्राली होइन, यो पार्टी बनाउन धेरै नेता कार्यकर्ताको रगत,पसिना र मेहनत परेको छ । पार्टीलाई कसैले पनि प्राइभेट कम्पनी बनाउन मिल्दैन,’ उपाध्यक्ष गुरुङले भनेका थिए ।