सिँचाइको नहरमा युवक मृत फेला


कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थित महाकाली सिँचाइको नहरमा शुक्रबार साँझ एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले भीमदत्त नगरपालिका–६ स्थित महाकाली सिँचाइको नहरमा एक अन्दाजी ४० वर्षीय पुरुषको शव भेटिएको जानकारी दिनुभयो । उहाँले अहिले घटनास्थलमा प्रहरी टोली परिचालन भई मुचुल्का सङ्कलनको काम भइरहेको जानकारी दिए ।

“मृतावस्थामा भेटिएका व्यक्तिको पहिचान खुल्न सकेको छैन”, प्रहरी निरीक्षक थापाले भन्नुभयो, “घटनाको सुक्ष्म अनुसन्धानका लागि प्रहरी टोली खटिसकेको छ ।” रासस