मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम भोली ल्याउने भएको छ । मङ्गलबार बस्ने प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने गरी बैठक आह्वान गरिएको हो ।
मङ्गलबार साँझ ५ बजेट बस्ने बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । उक्त बैठकमा सबै सांसदहरूलाई औपचारिक पोसाकमा निर्धारित समयभन्दा १५ मिनेट अगाडी उपस्थित हुन निर्देशन दिएको छ ।
संसद्मा पेस गर्ने गरी सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । प्रदेश सरकारको सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो ।
बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार मङ्गलबार साँझ ५ बजे बस्ने प्रदेशसभाको बैठकमा पेस गर्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिएको हो ।



प्रतिक्रिया