बालेन, रवि र स्वर्णिमबीच सिंहदरबारमा छलफल जारी


काठमाडौं । प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच सिंहदरबारमा छलफल भइरहेको छ ।

छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा भइरहेको स्रोतले जानकारी दियो । स्रोतका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा उनीहरुबीच छलफल जारी छ ।

प्रधानमन्त्री शाह करिब १२ घण्टादेखि सिंहदरबारमै छन् । दिनभर अन्य भेटघाटमा व्यस्त भएका प्रधानमन्त्री बालेन कार्यालय समयपछि भने अर्थमन्त्री वाग्ले र सभापति लामिछानेसहितको छलफलमा जुटेका हुन् ।