काठमाडौँ । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह आज पर्सा जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी बिहान ९ बजे कार्यालय समय सुरु हुनासाथ अदालत पुगेका हुन् ।
आफ्नो मुद्दामा अदालतबाट म्याद जारी भएको जानकारी सञ्चारमाध्यममार्फत पाएपछि न्यायिक प्रक्रियामा सहयोग पुर्याउन स्वेच्छाले अदालतमा उपस्थित भएको मेयर सिंहले बताए ।
यद्यपि, मुद्दाको चाप बढी रहेका कारण आज उनको मुद्दामा सुनुवाइ हुन नसक्ने अवस्था रहेको अदालत स्रोतले जनाएको छ । सुनुवाइ नहुने भएपछि मेयर सिंह अदालतबाट फर्किएका छन् ।
जिल्ला अदालत पर्साले सिंहविरूद्ध नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको जनाएको छ ।



प्रतिक्रिया