काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधि सभाको नयाँ बैठक कक्षका सिट फिल्म हल जस्तो र टेबल कक्षाकोठाको जस्तो बनाइएको टिप्पणी गरेका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै महरले नयाँ संसद हलमाथि प्रश्न उठाएका हुन् ।
‘त्यो सभा हल प्रतिनिधि सभाको हल हो, त्यहाँ सांसदहरु फिल्म हेर्न आएका होइनन् । ती सिटहरु फिल्महलको जस्तो बनाइएको छ । टेबलहरु कक्षाकोठाका जस्तो बनाइएका छन्,’उनले भने,‘त्यो सभा हल जस्तो छैन, फिल्म हल जस्तो बनाउने कोसिस गरिएको छ । त्यसलाई ध्यान पुगोस् र त्यसलाई प्रतिनिधि सभाको गरिमामय हल जस्तो बनाइयोस् ।’



प्रतिक्रिया