नेपालमा कति छन् दर्ता भएका सवारी साधन ?


काठमाडौँ । सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार मुलुकभर दर्ता भएका सवारी साधनको कुल संख्या ६२ लाख ४९ हजार ७ सय ४२ पुगेको छ ।

कुल दर्ता भएका सवारी साधनमध्ये दुई पाङ्ग्रे (मोटरसाइकल) को हिस्सा सबैभन्दा ठुलो देखिएको छ । प्रतिवेदन अनुसार देशभर ५० लाख ६४ हजार ३ सय ६४ वटा मोटरसाइकल दर्ता भएका छन् । 

यो कुल सवारी साधनको ८१ प्रतिशतभन्दा बढी हिस्सा हो । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (साउनदेखि फागुनसम्म) मा मात्रै २ लाख ८१ हजार ९ सय २१ वटा नयाँ सवारी साधन दर्ता भएका छन् । 

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म यस्तो संख्या ५९ लाख ६७ हजार ८ सय २१ रहेको थियो ।

दर्ता भएका सवारी साधन:

मोटरसाइकल : ५०६४३६४

कार, जीप र भ्यानः ४,००,१२२

ट्रयाक्टर र पावर टिलरः १,९८,१८१

ट्याम्पोः १,१८,७५१

ई–रिक्साः ८८,७९०

बसः ७६,०१४

ट्रक र टिपरः १,३५,८३२

माइक्रो बसः १३,८७३