काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा.तोसिमा कार्कीमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।
आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ गते भएको घटनासम्बन्धी मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनका आधारमा यस्तो सिफारिस गरिएको हो ।
आयोगले सम्बन्धित घटनामा उनीहरूको संलग्नता र भूमिकाबारे छानबिन गरी दोषी ठहरिए कारबाही गर्नुपर्ने निष्कर्षसहित अनुसन्धान अघि बढाउन सरकारलाई सुझाव दिएको छ ।



प्रतिक्रिया