काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशन गरेसँगै यतिबेला लाखौँ विद्यार्थी र अभिभावकहरू नयाँ कलेजको खोजीमा जुटेका छन्। माध्यमिक तह पार गरेर प्लस-टु को दुई वर्षे यात्रा तय गर्ने यो समय विद्यार्थीको जीवनकै सबैभन्दा महत्त्वपूर्ण मोड हो। बजारमा परम्परागत शैलीकै शैक्षिक संस्थाहरूको भीड भइरहेका बेला, एसईई उत्तीर्ण विद्यार्थी र सचेत अभिभावकहरूको पहिलो रोजाइ र साझा गन्तव्य बन्न सफल भएको छ- नासा कलेज।

राजधानीको तीनकुनेस्थित शान्त, हरियाली र मर्यादित वातावरणमा रहेको नासा केवल एउटा कलेज मात्र होइन, यसले विद्यार्थीहरूलाई ग्लोबल मार्केटमा बिक्न सक्ने गरी तयार पार्ने एउटा आधुनिक फ्युचरिस्टिक हबको रूपमा काम गरिरहेको छ। “जहाँ ज्ञान र नवीनता भेटिन्छन्” भन्ने मूल मन्त्र बोकेको नासा कलेजले कक्षा ११ मा भर्ना हुन चाहने नयाँ विद्यार्थीहरूका लागि सैद्धान्तिक ज्ञान र अत्याधुनिक डिजिटल लर्निङको उत्कृष्ट सन्तुलन मिलाएको छ।
‘हामी केबल सर्टिफिकेट मात्र होइन, भोलिको युग सुहाउँदो सीप र संस्कार दिन्छौँ’ – एमडी दीपक न्यौपाने
कलेजको यही प्रविधिमैत्री र भविष्यकेन्द्रित शैक्षिक भिजनका बारेमा नासा कलेजका म्यानेजिङ डाइरेक्टर दीपक न्यौपाने भन्नुहुन्छ: “एसईई उत्तीर्ण गरेर नयाँ भविष्यको सपना बुनिरहेका विद्यार्थीहरू डिजिटल युगका पुस्ता हुन्। त्यसैले उनीहरूलाई पढाउने शैली पनि आधुनिक र प्रविधिमैत्री हुनुपर्छ। नासा कलेजमा हामी विद्यार्थीलाई केवल परीक्षा पास गर्न र राम्रो जीपीए ल्याउन मात्र सिकाउँदैनौँ, बरु एआईको यो नयाँ युगमा प्रतिस्पर्धा गर्न सक्ने गरी तयार पार्छौँ।
विज्ञान, व्यवस्थापन, मानविकी वा कानुन-जुनसुकै विधा रोज्ने सोचमा हुनुहुन्छ भने पनि हामी कक्षा ११ को पहिलो दिनदेखि नै तपाईंको करियरको जग बलियो बनाउन प्रतिबद्ध छौँ। हामीकहाँ मध्यम शुल्कमा विश्वस्तरीय प्रविधि, आधुनिक ल्याब र देशकै उत्कृष्ट प्राध्यापकहरूको टिम छ। म सम्पूर्ण एसईई उत्तीर्ण विद्यार्थी र अभिभावकहरूलाई ढुक्क भएर नासा कलेज भिजिट गर्न र यहाँको फरक सिकाई वातावरण अनुभव करना आग्रह गर्दछु। नासा कलेजमा आउनु भनेको उज्ज्वल भविष्य सुनिश्चित गर्नु हो।”
– आईएसओ प्रमाणित पूर्वाधार र एआई-जडित डिजिटल सिकाइ
आजको डिजिटल युगमा प्रविधि बिनाको शिक्षा अपुरो हुन्छ। नासा कलेजको सबैभन्दा ठुलो सबल पक्ष यसको आईएसओ ९००१–२०१५ प्रमाणित पूर्वाधार हो। यहाँका कक्षाकोठाहरू सामान्य स्मार्ट क्लास मात्र नभएर एआई-जडित डिजिटल प्रविधिले सुसज्जित छन्।
यसले विद्यार्थीहरूलाई विश्वभर भइरहेका नयाँ अनुसन्धान र ज्ञानसँग सिधै जोड्ने काम गर्छ। आधुनिक सफ्टवेयर सहितको कम्प्युटर ल्याब, अत्याधुनिक विज्ञान प्रयोगशाला र विशाल डिजिटल लाइब्रेरीले गर्दा यहाँको पढाइ घोकन्ते नभएर पूर्ण रूपमा व्यावहारिक र अनुसन्धानमुखी बनेको छ।
– चारवटा संकाय: पहिलो दिनदेखि नै करियरको मार्गचित्र
नासा कलेजले कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीहरूको रुचि र बजारको मागलाई ध्यानमा राख्दै चारवटा प्रमुख संकायहरू सञ्चालन गरिरहेको छ।
विज्ञान: प्रयोगात्मक, एआई र आधुनिक अनुसन्धानमुखी अध्ययन।
व्यवस्थापन: कर्पोरेट कल्चर, बैंकिङ र उद्यमशीलता केन्द्रित शिक्षा।
मानविकी: सामाजिक उत्तरदायित्व, कला र व्यावहारिक चिन्तनको विकास।
कानुन: कानुनी साक्षरता र भोलिका न्यायमूर्तिको बलियो जग।
विशेष आकर्षण: प्रि-मेडिकल र प्रि-इञ्जिनियरिङ कक्षाहरू
कक्षा ११ को सुरुवातदेखि नै विज्ञान संकायका विद्यार्थीहरूका लागि कलेजले विशेष रूपमा प्रि-मेडिकल र प्रि-इञ्जिनियरिङका तयारी कक्षाहरू सञ्चालन गर्छ। यसले गर्दा प्लस-टु सिध्याउनासाथ विद्यार्थीहरूले चिकित्सा शास्त्र, इन्जिनियरिङ, सीए, लोकसेवा वा कृषि विज्ञान जस्ता विधाका प्रवेश परीक्षामा पहिलो प्रयासमै पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भइरहेका छन्।
-खेलकुद र अतिरिक्त क्रियाकलापमा नासा कलेजको विरासत
नासा कलेजले पढाइका साथसाथै विद्यार्थीको व्यक्तित्व विकासलाई उत्तिकै महत्त्व दिन्छ। फुटसल, बास्केटबल र क्रिकेटमा राष्ट्रिय स्तरकै प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरिसकेको यस कलेजले विद्यार्थीहरूलाई खेलकुदमा व्यावसायिक तालिम र अवसरहरू प्रदान गर्छ। यसका साथै वक्तृत्वकला, बहस, कला, संगीत र नेतृत्व विकास सम्बन्धी नियमित कार्यशालाहरू यहाँ सञ्चालन हुने गर्दछन्।
– लोभलाग्दो छात्रवृत्ति र सुविधासम्पन्न होस्टेल
काठमाडौँको मुटु तीनकुनेमा अवस्थित भएकाले यो कलेज यातायातका हिसाबले निकै सुगम छ। उपत्यकाका विभिन्न क्षेत्रबाट आउने विद्यार्थीका लागि कलेजले आफ्नै बस सेवा उपलब्ध गराएको छ। साथै, काठमाडौँ बाहिरबाट आउने विद्यार्थीहरूका लागि घरजस्तै सुरक्षित, शान्त र पारिवारिक वातावरण भएको छात्र तथा छात्रा होस्टेलको छुट्टाच्छुट्टै व्यवस्था छ।
मध्यमवर्गीय परिवारका विद्यार्थीले पनि गुणस्तरीय शिक्षा पाउन सकून् भनेर नासा कलेजले न्यूनतम शुल्कमा उच्च शिक्षा प्रदान गर्दै आएको छ। यसका साथै:
– एसईई परीक्षाको नतिजामा उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति।
– जेहेन्दार, विपन्न, असाधारण प्रतिभा भएका तथा खेलकुद एवं अतिरिक्त क्रियाकलापमा राष्ट्रिय वा अन्तर्राष्ट्रिय पहिचान बनाएका विद्यार्थीका लागि आकर्षक छात्रवृत्ति योजनाहरू।
-किन रोज्ने त नासा कलेज?
“विगत केही वर्षयता नेपालको प्लस-टु शिक्षा निकै व्यावसायिक र प्रतिष्पर्धात्मक बनेको छ। यस्तो अवस्थामा केवल पुरानो ढर्राको पढाइले मात्र पुग्दैन। रिजल्ट आइसकेपछि अब कलेज छनोट गर्दा प्रविधिलाई प्राथमिकता दिनु अनिवार्य भइसकेको छ। नासा कलेजले आफूलाई भोलिको डिजिटल युग सुहाउँदो कलेजका रूपमा स्थापित गरेको छ। कलेजको भौतिक संरचना, व्यवस्थापनको स्पष्ट भिजन र प्रविधिको सही प्रयोगलाई हेर्दा, आफ्ना छोराछोरीको भविष्य सुरक्षित र सक्षम बनाउन चाहने अभिभावकका लागि नासा कलेज एक उत्कृष्ट र भरपर्दो रोजाइ हो।”
– भर्ना अभियान तथा काउन्सिलिङ तीव्र:
एसईईको रिजल्ट भएसँगै शैक्षणिक सत्र २०८३/८४ का लागि नासा कलेजमा कक्षा ११ को भर्ना प्रक्रिया, इन्ट्रान्स तयारी र करियर काउन्सिलिङ तीव्र गतिमा अगाडि बढेको छ। यदि तपाईं पनि आफ्नो सन्तानलाई प्रविधिमैत्री, संस्कारयुक्त र करियर-ओरिएन्टेड शिक्षा दिन चाहनुहुन्छ भने आजै तीनकुनेस्थित नासा कलेज भ्रमण गरी बेलैमा आफ्नो सिट सुरक्षित गर्न सक्नुहुन्छ।



प्रतिक्रिया