बजेटसँग हामी हर्षित छाैँ : प्रवक्ता झा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मनिष झाले बजेटसँग प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने उत्साहित भएको बताएका छन् । शुक्रबार बजेट भाषणपछि पत्रकारसँग कुराकानी गर्दै झाले बजेटसँग आफुहरु हर्षित भएको बताए ।

उनले बजेट भाषणपछि आफूले केहीबेर सभापति लामिछाने र प्रधानमन्त्री बालेनसँग कुराकानी गरेको बताए । ‘बजेटपश्चात् पार्टी सभापति, प्रधानमन्त्रीलगायत केही नेतासँग कुरा गर्ने मौका पाएका थियौं, सम्माननीय प्रधानमन्त्री ज्यु पनि उत्साहित हुनुहुन्छ, पार्टी सभापति पनि उत्साहित हुनुहुन्छ,’ उनले भने ।

बजेटले मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशलाई निकै प्राथमिकतामा राखेको उनले दाबी गरे ।