काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) २ जारी गर्दै पार्टी जागरण अभियान सुरु गरेको घोषणा गरेका छन् ।
स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी जागरण अभियान सुरु गरेको हो । यो अभियान सफल पार्न केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यहरुलाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको छ ।
। गणतन्त्र दिवसका दिन हिजो जेठ १५ गतेको मितिमा जारी गरिएको अपानिमा नेताहरुको जिम्मेवारीको विस्तृत खाका उल्लेख गरिएको छ । पार्टीका केन्द्रीय सदस्यहरुलाई जनसंगठन इन्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उनीहरुलाई आफ्नो पालिकाको समेत जिम्मेवारी तोकिएको छ ।



प्रतिक्रिया