काठमाडौं । अहिले नेपाली कांग्रेसको नेपाल थारू संघको प्रथम महाधिवेशन पार्टी कार्यालय सानेपामा जारी छ । तर, कार्यक्रममा शेर बहादुर देउवा र डा. शेखर कोइराला समूहका नेताहरू कोही पनि उपस्थित नभएको पाइएको छ ।
अध्यक्ष शिवनारायण महतो गुरौले आमन्त्रण गरे पनि इतर समूहका नेताहरू सानेपामा सुरू भएको महाधिवेशनमा अनुपस्थित भएका बताए ।
उनले नेताहरू पूर्णबहादुर खड्का, डा. शेखर कोइरालालगायतलाई आमन्त्रण गरेको जानकारी दिए ।
सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यतामा थारू संघको प्रथम महाधिवेशन जारी छ । थारु संघ कांग्रेसको नयाँ भ्रातृ संस्थामध्येमा पर्दछ ।
यो संस्थाले २०७९ साउनमा मातृ पार्टीको केन्द्रीय कार्यसमितिबाट भ्रातृ संगठनको मान्यता पाएको थियो । तत्कालीन सभापति शेरबहादुर देउवाले महतोको अध्यक्षतामा थारु संघको केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेका थिए ।



प्रतिक्रिया