सरकार गलत दिशामा गएमा घण्टी बजाएर खबरदारी गर्नुस् : सभामुख


काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकार गलत दिशामा गएमा वा काम गर्नमा ढिलाइ भएको अवस्थामा घण्टी बजाएर सचेत गराउन आग्रह गरेका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले कानुन निर्माण प्रक्रियामा सुझाव दिन र सरकारका कमजोरीप्रति समयमै सचेत गराउन पनि आग्रह गरे । उनले देशलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

सभामुख अर्यालले देशमा सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य वर्तमान पुस्ताले नै पूरा गर्नुपर्नेमा जोड दिए । उ

बिदेसिएका नेपाली युवालाई स्वदेश फर्काउने अवस्था निर्माण गर्नुपर्ने तथा नेपाललाई बस्न र लगानी गर्न उपयुक्त राष्ट्रका रूपमा विकास गर्नुपर्ने उनको भनाई छ । नेपालका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरूलाई विश्वसामु प्रभावकारी रूपमा प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्दै उनले लुम्बिनी, सगरमाथा, पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, जानकी मन्दिर तथा पाथीभरा मन्दिरजस्ता गन्तव्यहरूले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख केन्द्र बनाउन सक्ने बताए ।