रुपन्देही । नेपाल बार एशोसिएशनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रले नेपाल बार एशोसिएशनले सधैँ प्रतिपक्षको भूमिकामा रहेर राज्यका गतिविधिमाथि निगरानी गर्नुपर्ने बताएका छन् ।
उच्च अदालत बार एशोसिएशन बुटवलको ३२औँ साधारण सभालाई शनिबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष मिश्रले कानुन व्यवसायीहरूले कानुनको दायराभित्र रहेर न्याय सम्पादन प्रक्रियालाई थप प्रभावकारी बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिए।
उनले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता लोकतान्त्रिक शासन व्यवस्थाको आधार भएकाले त्यसको संरक्षणमा बारको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखे।



प्रतिक्रिया