काठमाडौं, जेठ १७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विस्फोटक ओपनर कुशल भुर्तेलले एसियन गेम्स छनोट प्रतियोगिताअन्तर्गत चीनविरुद्धको खेलमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनले एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्दै कीर्तिमानी कायम गरेका छन् । यद्यपि यो कीर्तिमानी उनको पहिलो भने होइन।
भुर्तेलले इनिङ्सको नवौं ओभरमा सबै ६ बललाई सीमा रेखापार पठाउँदै यो दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । यसअघि सन् २०२३ मा एसीसी प्रिमियर कपका क्रममा कतारविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा ६ छक्का प्रहार गर्दै यस्तो उपलब्धि हासिल गरेका थिए। यससँगै उनी एकै ओभरमा ६ छक्का हान्ने नेपालका दोस्रो नेपाली बनेका हुन् ।



प्रतिक्रिया