रास्वपा केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा ७ नयाँ सदस्य मनोनीत


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा ७ जना नयाँ सदस्य मनोनयन गरेका छन्। विभागीय प्रमुख इन्जिनियर श्रीराम न्यौपानेको सिफारिस तथा पार्टी महामन्त्रीको स्वीकृतिमा नयाँ सदस्यहरू मनोनयन गरिएको हो।

नवनियुक्त सदस्यहरूमा इन्जिनियर गुणराज ढकाल, इन्जिनियर मानबहादुर शाही, इन्जिनियर बन्धु ढकाल, इन्जिनियर पूजा दाहाल, इन्जिनियर सनत आचार्य, अविज्ञा मल्ल र राजेन्द्र वस्ती रहेका छन्।

यसअघि विभागमा विभागीय प्रमुख इन्जिनियर श्रीराम न्यौपाने, सदस्यहरू इन्जिनियर अम्बिकेश झा, इन्जिनियर चोकप्रसाद धिताल, इन्जिनियर रामहरी पौडेल तथा सुमनकुमारी जोशी रहेका थिए। नयाँ सदस्यहरू थपिएसँगै विभाग १२ सदस्यीय बनेको छ।

विभागीय प्रमुख इन्जिनियर श्रीराम न्यौपानेका अनुसार विभागको सक्रियतामा ऊर्जा नीति तयार भइसकेको छ। अब ऊर्जा तथा जलस्रोत क्षेत्रको दीर्घकालीन