काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति पूरा भएपछि मात्रै वैदेशिक रोजगारीको यात्रा गर्न अनुरोध गरेको छ ।
विभागले प्रेस विज्ञप्ती जारी गर्दै श्रमिक भिसामा रहेका कतिपय नेपालीले श्रम स्वीकृतिको लागि वैदेशिक रोजगार विभागमा आवेदन मात्र गरी स्वीकृति नहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा प्रस्थानका लागि आउने गरेको भन्दै श्रम स्वीकृति भइसकेपछि मात्रै आउन अनुरोध गरेको हो ।
आवेदन मात्रै दिएर स्वीकृति नहुँदै विमानस्थल आउँदा श्रमिकहरूलाई मर्का पर्ने गरेको भन्दै अध्यागमनले श्रम स्वीकृति जारी भइसकेपछि मात्रै आउनु अनुरोध गरेको हो ।
श्रमिकको भिसामा विदेश यात्रा गर्ने नेपालीले श्रम स्वीकृति भएको यकिन गरेर मात्र यात्रा गर्न अनुरोध गरेको हो ।




प्रतिक्रिया