अमेरिकी उपविदेशमन्त्री रोजर्स नेपाल भ्रमणमा


काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स नेपाल भ्रमणमा आएकी छन् ।

रोजर्स तीनदिने भ्रमणका लागि काठमाडौं आइपुगेकी हुन् । १३ चैतमा वालेन्द्र शाह(बालेन) नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन् ।

अहिले उनी होटल अलाफ्टमा जारी एसेन्ट समिटमा प्रमुख अतिथिको रूपमा सहभागी छिन् ।