‘मेयर हुँदा ग्रेटर नेपाल, प्रधानमन्त्री हुँदा लम्पसारवाद’ भन्दै प्रधानमन्त्रीविरुद्ध एमालेले निकाल्यो जुलुस


काठमाडौं । नेकपा एमालेका युवाहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिविरुद्ध काठमाडौंमा मशाल जुलुस निकालेका छन् ।

प्रधानमन्त्री शाहले आइतबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको जमिन मिचेको भन्ने अभिव्यक्ति दिएका थिए ।

एमालेका युवाहरुले प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा आइतबार साँझ मशाल जुलुस निकालेका हुन् ।