प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर एमालेले गर्याे विरोध प्रदर्शन


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको सीमासँग सम्बन्धितविवादित अभिव्यक्तिलाई लिएर नेकपा एमालेले विरोध प्रदर्शन गरेको छ ।

एमाले काठमाडौं जिल्ला कमिटीको आव्हानमा माइतीघरमा आज विरोध प्रदर्शन गरेको हो । ‘राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे’, ‘राष्ट्रघाती अभिव्यक्ति फिर्ता लेऊ’ जस्ता नारा लगाइएको थियो ।

आइतबार सांसदहरुको प्रशनको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी अभिव्यक्ति दिएका थिए ।

यसअघि महासचिव शंकर पोखरेलले विज्ञप्ति निकाल्दै प्रधानमन्त्रीले हिजो सदनमा दिएको राष्ट्रहित विपरीतको भनाइप्रति तत्काल संसद् र आम नेपाली जनतासँग माफी माग्नुपर्ने बताएका थिए । शाहलाई कूटनीतिक मर्यादाको पालना गर्न र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि मार्ग प्रशस्त गर्न एमालेले माग गरेको छ ।