सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग


काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भन्दै बोलेको अभिव्यक्तिको प्रमाण पेस गर्न माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले अनुमानका आधारमा चिया पसलमा गरिएको जस्तो कुरा नगर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

‘अनुमानको आधारमा राष्ट्र चल्दैन भावनाको आधारमा चल्दैन । प्रमाण पेस गर्न म अनुरोध गर्छु,’ उनले भने ।

उनले प्रधानमन्त्रीले तथ्यबिना बोलेको रेकर्डहरू हटाउन माग समेत गरे ।