प्रधानमन्त्री बालेनको अभिव्यक्तिको विरोधमा प्रदर्शन


काठमाडौँ । आइतबार प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमाबारे सदनमा दिएको अभिव्यक्तिको विरोधमा प्रदर्शन गरिएको छ ।

सोमबार प्रधानमन्त्री शाहको राजीनामा माग गर्दै त्रिचन्द्र क्याम्पसमा नेपाल तरुण दलले विरोध प्रदर्शन गरेको हो । सो क्रममा प्रधानमन्त्रीको पुत्ला समेत दहन गरेको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले सांसदलाई जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी बताएका थिए।